समाचार
रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय
१.परिचय
गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा हुनु हामी सबै गुल्मेलीहरूका लागि खुसीको कुरा हो ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासलाई नगरपालिका बनाउनु पर्छ भन्ने चर्चा परिचर्चा बिगत लामो समयदेखि चल्दै आए पनि नेपाल सरकारले २०६८ सालको बजेट बक्तव्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा गर्यो यद्यपि नेपाल सरकारले यसलाई कार्यान्वयनमा ल्याएन । समयको गतिसँगै साविकका तम्घास गा.वि.स.सँग जोडिएका छिमेकी अर्खले, सिमीचौर र दुवीचौर गा.वि.स.हरूले समेत नगरपालिकामा आवद्ध हुने इच्छा जाहेर गरेपछि विभिन्न समयमा भएका छलफल र गृहकार्य पछि यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते चारवटै गा.वि.स.हरूलाई समेटेर नगरपालिका बनाउन र उक्त नगरपालिकाको नाम ‘रेसुङ्गा नगरपालिका’ राख्न सिफारिस गरेको थियो । सोहि अनुरुप नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो । घोषणा पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप जिल्लास्थित क्रियाशील राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज, संघ–सस्था, सम्बद्घ क्षेत्रका कर्मचारीहरू तथा अन्य नागरिकहरूको उपस्थितिमा २०७१ जेठ १ गतेदेखि साविक तम्घास गा.वि.स.को कार्यालय अतिथि भवन (भूतबंगला) मा रेसुङ्गा नगरपालिका कार्यालयको विधिवत् उद्घाटन भई कार्य सञ्चालनमा आएको थियो । त्यस पछि पुर्नसंरचना आयोगको सिफारिसमा साविकको पराल्मी गा.वि.स. लाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते राजपत्रमा प्रकाशित भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।
२.नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल
क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश
ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर
ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.
घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला उत्तर – इश्मा गाउँपालिका/ मुसिकोट नगरपालिका, दक्षिण – अर्घाखाँची जिल्ला
३. प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल
रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।
४. जनसंख्या तथा क्षेत्रफल
नगरपालिकाको २०७८ सालको जनगणना अनुसारको जनसंख्या विवरण
वडा नं. | वडा कार्यालयहरु रहेको केन्द्र | न.पा.देखि वडा कार्यालय सम्मको दुरी (कि.मी.) | महिला जनसंख्या | पुरुष जनसंख्या | जम्मा जनसंख्या | घरधूरी संख्या | क्षेत्रफल | कैफियत | |
१ | बृहत खानेपानी भवन,तम्घास | १ | २१८१ | २०८९ | ४२७० | १३११ | ०.३ | ||
२ | वडा कार्यालय भवन धागिथुम | १ | १८६१ | १६९५ | ३५५६ | १०३१ | १.२५ | ||
३ | गाउँकाधारा,भाडँगाउँ | ४ | ७२५ | ५९६ | १३२१ | ३७४ | १२.६ | ||
४ | वडा कार्यालय भवन अर्खले | २.५ | १०५१ | ८९५ | १९४६ | ५०८ | ६.२६ | ||
५ | जन सहयोग मा.वि. भवन,भुवनपानी | ६.५ | ६९१ | ५८२ | १२७३ | ३५८ | ३.०१ | ||
६ |
ठुलो चेक्मी शिवालय मन्दिर | ८.५ | ८२९ | ७१५ | १५४४ | ४४९ | ५.१३ | साविकको ६ र नयाँगाउँ ८ र ९ | |
७ | रुरु रेसुङ्गा पर्यटन भवन,भुजेलखर्क | १.५ | ९८१ | ९२५ | १९०६ | ४९१ | ४.२९ | साविकको ७ र ८ | |
८ | नगरपालिका कार्यालय | ० | २२९८ | १९८५ | ४२८३ | १३१३ | ४.९ | ||
९ | मालपोत कार्यालय अगाडि | १.५ | १०६५ | ९९३ | २०५८ | ५९१ | १.७६ | ||
१० | स्वास्थ्य चौकी भवन सिमीचौर | ४ | १६६६ | १३८८ | ३०५४ | ८४२ | १४ | साविकको ११ र १२ | |
११ | राङ्गवास सिमीचौर | ७ | ८१४ | ५८० | १३९४ | ३९६ | ५.१८ | ||
१२ | उर्लेनी | ६.५ | ९५० | ७५० | १७०० | ४२० | ७.५५ | ||
१३ | दुविचौर | ८ | ४१६ | ३०४ | ७२० | २१५ | ३.५५ | ||
१४ | जन विकास मा.वि. भवन,पराल्मी | १३ | १४७३ | १०५३ | २५२६ | ७१६ | १४ | साविकको पराल्मी गाविस | |
जम्मा | १७००१ | १४५५० | ३१५५१ | ९०१५ | ८३.७ |