FAQs Complain Problems

रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय

१.परिचय

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा हुनु हामी सबै गुल्मेलीहरूका लागि खुसीको कुरा हो ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासलाई नगरपालिका बनाउनु पर्छ भन्ने चर्चा परिचर्चा बिगत लामो समयदेखि चल्दै आए पनि नेपाल सरकारले २०६८ सालको बजेट बक्तव्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा गर्यो यद्यपि नेपाल सरकारले यसलाई कार्यान्वयनमा ल्याएन । समयको गतिसँगै साविकका तम्घास गा.वि.स.सँग जोडिएका छिमेकी अर्खले, सिमीचौर र दुवीचौर गा.वि.स.हरूले समेत नगरपालिकामा आवद्ध हुने इच्छा जाहेर गरेपछि विभिन्न समयमा भएका छलफल र गृहकार्य पछि यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते चारवटै गा.वि.स.हरूलाई समेटेर नगरपालिका बनाउन र उक्त नगरपालिकाको नाम ‘रेसुङ्गा नगरपालिका’ राख्न सिफारिस गरेको थियो । सोहि अनुरुप नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो । घोषणा पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप जिल्लास्थित क्रियाशील राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज, संघ–सस्था, सम्बद्घ क्षेत्रका कर्मचारीहरू तथा अन्य नागरिकहरूको उपस्थितिमा २०७१ जेठ १ गतेदेखि साविक तम्घास गा.वि.स.को कार्यालय अतिथि भवन (भूतबंगला) मा रेसुङ्गा नगरपालिका कार्यालयको विधिवत् उद्घाटन भई कार्य सञ्चालनमा आएको थियो । त्यस पछि पुर्नसंरचना आयोगको सिफारिसमा साविकको पराल्मी गा.वि.स. लाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते  राजपत्रमा प्रकाशित  भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।

२.नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश

ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर

ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला    उत्तर – इश्मा गाउँपालिका/ मुसिकोट नगरपालिका,   दक्षिण – अर्घाखाँची जिल्ला   

३. प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल

रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।

४. जनसंख्या तथा क्षेत्रफल

नगरपालिकाको २०६८ सालको जनगणना अनुसारको जनसंख्या विवरण

 

वडा नं. वडा कार्यालयहरु रहेको केन्द्र न.पा.देखि वडा कार्यालय सम्मको दुरी   (कि.मी.)  महिला जनसंख्या   पुरुष जनसंख्या    जम्मा जनसंख्या    घरधूरी संख्या    क्षेत्रफल    कैफियत  
बृहत खानेपानी भवन,तम्घास २३८५ २३०५ ४६९० १३८० ०.३  
वडा कार्यालय भवन धागिथुम १३८० १२२९ २६०९ ७५२ १.२५    
गाउँकाधारा,भाडँगाउँ ८७८ ६६३ १५४१ ३५५ १२.६    
वडा कार्यालय भवन अर्खले २.५ १२४९ ९१६ २१६५ ४८९ ६.२६    
जन सहयोग मा.वि.       भवन,भुवनपानी ६.५ ७८७ ५७३ १३६० ३४१ ३.०१    

ठुलो चेक्मी शिवालय मन्दिर ८.५ ११५५ ७७२ १९२७ ४६४ ५.१३ साविकको ६ र नयाँगाउँ ८ र ९  
रुरु रेसुङ्गा पर्यटन भवन,भुजेलखर्क १.५ १०५० ८५७ १९०७ ४३२ ४.२९ साविकको ७ र ८  
नगरपालिका कार्यालय १९६६ १७०० ३६६६ १०९० ४.९    
मालपोत कार्यालय अगाडि १.५ १०४९ ९२४

१९७३

५२१

१.७६    
१० स्वास्थ्य चौकी भवन सिमीचौर २०१७ १५३३ ३५५० ८३९ १४ साविकको ११ र १२  
११ राङ्गवास सिमीचौर ९८४ ६२९ १६१३ ३८४ ५.१८    
१२ उर्लेनी ६.५ १०२५ ७११ १७३६ ३८३ ७.५५    
१३ दुविचौर ५५६ ३६० ९१६ २२८ ३.५५    
१४ जन विकास मा.वि. भवन,पराल्मी १३ १७१३ ११८२ २८९५ ६९५ १४ साविकको पराल्मी गाविस  
  जम्मा   १८१९४ १४३५४ ३२५४८ ८३५३ ८३.७    

रेसुङ्गा नगरपालिकाको नक्शा