FAQs Complain Problems

समाचार

योजनाको कार्यान्वयन तथा सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा भएमा २ दिन भित्र
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समिति गठनको निर्णय ( ७ देखि ११ सदस्यीय, कम्तिमा ३३ प्रतिशत महिला सहभागिता, अध्यक्ष, कोषाध्यक्ष र सचिव मध्ये कम्तिमा १ जना महिला हुनुपर्ने, जनप्रतिनिधिको रोहवरमा गठन गर्नुपर्ने)
  • आमभेलाबाट उपभोक्ता समितिका पदाधिकारी बाहेकका उपभोक्ताहरु मध्येबाट ३ जनाको अनुगमन समिति गठन गरेको निर्णय प्रतिलिपी ( कम्तिमा १ जना महिला हुनुपर्ने )
  • उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपी (अध्यक्ष, कोषाध्यक्ष र सचिव)
  • योजना सम्झौताका लागि जिम्मेवारी पदाधिकारी तोकी सम्झौता गर्ने समितिको निर्णय प्रतिलिपी
  • भौतिक पूर्वाधार निर्माणको लागि लागत इष्टिमेट, अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना
  • सम्वन्धित वडाको सिफारिस
  • हेभी इक्वीपमेन्ट प्रयोग हुने योजनामा नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि
  • निवेदन

बैंक खाता खोल्नको लागि आवश्यक कागजात :

  • समितिको बैठक बसी खाता खोल्ने निर्णय(बैंक तोकेर अध्यक्ष, कोषाध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट उपभोक्ता समितिको नाममा संचालन हुने गरी खाता खोल्ने निर्णय प्रतिलिपि)
  • अध्यक्ष, कोषाध्यक्ष र सचिवको पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि
  • अध्यक्ष, कोषाध्यक्ष र सचिव दस्तखत गरेको बैंकको दस्तखत नमुना कार्ड
  • निवेदन