FAQs Complain Problems

समाचार

जन्म दर्ता

लाग्ने समय: 
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क रु ५० /-
आवश्यक कागजातहरु: 
  • बाबु वा आमाको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
  • विदेशी भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र